Latest News

सर्वोच्चको यस्तो आदेशले एमाललाई ठूलो धक्का, सूर्य चिन्ह खोसिन सक्ने !

Nepalese Times July 25, 2022 (2 Year ago)    353 Views

काठमाडौं।

सर्वोच्च अदालतले गाई चुनाव चिन्ह कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

आज न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । गाई राष्ट्रिय जनावर भएकाले चुनाव चिन्ह् दिन नमिल्ने गरी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।

कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चिन्ह् माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपनि नमिल्ने पत्र लेखेपछि सर्वोच्चमा रिट दिएको थियो । सर्वोच्चले एक हप्ताभित्र पूर्ण सुनुवाईमा पेश गर्न समेत आदेश दिएको छ ।

निर्वाचन आयोगले २ माघ २०७८ मा पत्र लेख्दै राप्रपालाई गाई चिन्ह हटाउन भनेको थियो । राप्रपाले हलो चिन्ह लिइसकेको छ ।

राप्रपालाई लेखेको पत्रमा,‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ निर्णयबारे उल्लेख गरेको थियो ।

आयोगले गाई चिन्ह दिन नमिल्ने गरी राप्रपा नेपाललाई पत्र लेखेकोमा सर्वोच्चले आज अन्तरिम आदेश जारी गरेको छ । अर्को हप्ता पूर्ण सुनुवाई हुने पक्का भइसकेको छ । यो आदेशले राजनीतिमा नयाँ तरङ्ग पैदा भइसकेको छ ।

यसको असर एमालेको चुनाव चिन्ह सूर्यमा पनि पर्नसक्ने देखिएको छ । सर्वोच्चको फैसलाले एमालेको सूर्य चिन्ह रहने या नरहने भन्नेमा पनि असर गर्न सक्छ ।

गाई चिन्हबारे निर्णयको नजिर सूर्य चिन्हमा पनि लागू हुनसक्छ किनभने निर्वाचन आयोगले गरेको निर्णयबमोजिम नेपालको पहिचान बोकेको चिन्ह कुनैपनि दलको चुनाव चिन्ह हुनसक्दैन र सूर्य राष्ट्रिय झण्डामा अंकित छ । सर्वोच्चले गाई चिन्ह दिन नमिल्ने गरी पूर्ण सुनुवाईपछि फैसला गर्दा सूर्य चिन्हमा पनि असर पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस