Latest News

सकियो प्रचण्ड र बामदेवबीचको भेटवार्ता, के–के भयो कुराकानी ?

Nepalese Times July 25, 2022 (2 Year ago)    386 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटपछि पत्रकारहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरे ।

केहिदिनअघि मात्रै  माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउनेबारे छलफल भएको थियो ।

कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेको बेला माओवादी केन्द्रका नेता वर्षमान पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने प्रष्टिकरण दिएका छन् ।

‘नागरिकता ऐनमा ओली सरकारले ल्याएकै प्रावधान छ, एमालेले दोहोरो चरित्र देखायो’ कांग्रेसले एक्लै चुनावमा बहुमत ल्याउनेगरी तयारी गर्ने निर्णय गरेपछि माओवादीको आधिकारिक आवाज पुनले बोलेका हुन्।

‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ,’ उनले थपे।

चुनावी मोर्चा बनेपनि कसैसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको उनले बताए। समाजवादी मोर्चा बनेपछि देशमा मुख्य दुई राजनीतिक शक्ति हुने र त्यसको नेतृत्व समाजवादी केन्द्रले गर्ने पुनले ठोकुवा गरे।

‘अब परम्परागत शक्तिको नेतृत्व कांग्रेसले गर्छ। प्रगतिशील शक्तिको नेतृत्व समाजवादी मोर्चाले गर्छ,’ उनले थपे, ‘एमाले कता जाने उसैले निर्णय गर्ला।’

प्रतिक्रिया दिनुहोस