Latest News

सार्वजनिक गाडीको भाडा फेरि बढ्यो, काठमाडौंसहित कुन ठाउँको कति ? (हेर्नुहोस् सूचीसहित)

Nepalese Times July 22, 2022 (2 Year ago)    480 Views

काठमाण्डाै –

बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ ।

भाडा वृद्धिपछि पनि काठमाण्डाै उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ ।

बढेको भाडादर बाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशन गरेको छ । १५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ ।

उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

‍‍‍

‍‍===

===

प्रतिक्रिया दिनुहोस