Latest News

पूर्व मुख्यमन्त्री शेरधन राईलाई एमालेले दियो महत्वपूर्ण जिम्मेवारी

Nepalese Times July 21, 2022 (2 Year ago)    338 Views

विराटनगर ।

नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा प्रदेश–१ मा भएको अन्तरघातको खोजी गर्ने जिम्मा पूर्व मुख्यमन्त्री शेरधन राईलाई दिएको छ ।

एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री राईको संयोजकत्वमा एक कार्यदल बनाएको छ । कार्यदलले अन्तरघातको खोजी गरेर पार्टीलाई प्रतिवेदन बुझाउनुपर्नेछ ।

कार्यदलले एक महिनाभित्र अन्तरघातीको खोजी गरेर पार्टीमा प्रतिवेदन बुझाउनु पर्नेछ ।

पार्टी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जारी गरेको अन्तर कमिटी निर्देशन अनुसार कार्यदलका अरू सदस्यमा प्रदेशका उपाध्यक्ष टिकाराम चेम्जोङ र संगठन विभागका प्रमुख रामकुमार बस्नेत सदस्य रहेका छन् ।

अन्तरघातका कारण खोज्दा असहयोग, असमझदारी र अन्तरघात के हो स्पष्ट पार्नुपर्ने उल्लेख छ । कार्यदलले नौ वटा अवस्थाको अध्ययन गरेर पार्टीमा प्रतिवेदन बुझाउन भनिएको छ ।

जसअनुसार पार्टी निर्णय विपरित भिन्न व्यक्तिको नाममा टिकटको दुरुपयोग गरेको छ, बागी बिद्रोही उम्मेदवार बनेको, यस्ता उम्मेदवारको प्रस्तावक समर्थक बसेको विवरण पनि संकलन गर्नुपर्नेछ ।

यसैगरी कसैलाई बागी बन्न उक्साएको, बागीका पक्षमा प्रचार–प्रसारमा संलग्न भएको आदि विवरण पनि कार्यदलले खोज्नुपर्ने भएको छ । यस्तै पार्टीले तोकेको क्षेत्रमा खटे–नखटेको पनि हेर्नुपर्ने भएको छ ।

यस्तै उम्मेदवारका विरुद्ध नकारात्मक टिप्पणी गर्दै हिडेको, बागी बनेर बीचमै फर्केको र यस बाहेक अन्तरघातका अन्य कुनै विधि प्रयोग गरेको भए सो पनि उल्लेख गर्नुपर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस