Latest News

अबको प्रधानमन्त्रीमा मेरो दाबी रहनेछः शेखर कोइराला

Nepalese Times July 21, 2022 (2 Year ago)    343 Views

काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अबको प्रधानमन्त्रीमा आफ्नो दाबी रहने घोषणा गरेका छन् ।

एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले अबको चुनावपछि प्रधानमन्त्रीमा आफ्नो दाबी रहने बताएका हुन् ।

केही समयअघि मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू प्रधानमन्त्रीको दरिलो उम्मेदवार भएको र प्रधानमन्त्री बन्ने चाहना रहेको बताएका थिए ।

थापा पनि शेखर कोइराला समूहकै नेता हुन् । कोइराला समूहको छुट्टै छलफल हुँदा उनी पनि सहभागी हुँदै आएका छन् ।

गगन थापाले प्रधानमन्त्रीमा दाबै पेश गर्दा आफ्नो पूर्ण समर्थन रहने अर्का महामन्त्री गगन थापाले प्रतिक्रिया दिएका छन् ।

यस्तै नेपाली कांग्रेसबाट महिलालाई प्रधानमन्त्री बनाउने विषय पनि जोडले उठ्न थालेको छ । महिलालाई प्रधानमन्त्री बनाउने अवस्था आएमा सभापति शेरबहादुर देउवा पत्ती आरजु देउवाको नाम चर्चामा आएको छ ।

यस्तै नेता शेशर कोइरालाले चुनावी तालमेलले काँग्रेसमा विद्रोह ल्याउनेसमेत बताएका छन् । चुनावी तालमेल गर्दा नेकपा एमालेसँग प्रतिष्पर्धा हुनेजस्तो देखिएपनि यसले कांग्रेसलाई नै घात गर्ने बताए ।

चुनावी तालमेल गर्दा पार्टीको सिद्धान्त हराएर जाने भएकोले आफ्नै बलबुताले चुनाव लड्नुपर्ने उनले बताए । तर, नेपाली कांग्रेसको बैठकले भने सत्ता गठबन्धनलाई कायमै राखेर अघि बढ्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएका शेखर कोइराला १४ औं महाधिवेशनमा भने सभापति पदमा पराजित भए ।

वीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका पुत्र हुन्, डा. शेखर कोइराला।

राजनीतिमा ०४७ साल पछिमात्रै सक्रिय भए पनि ठूला राजनीतिक परिवर्तनहरुमा डा. शेखरले विशेषतः सन्देशवाहकको भूमिका खेल्दै आएका थिए। बीपी कोइरालालाई ०१७ साल पुस १ गते राजा महेन्द्रले अपदस्थ गर्दा शेखर कोइराला १० वर्षका थिए।

बाल्यावस्थामै भएका कारण उनले ०१७ साल र त्यसपछिका पञ्चायतविरोधी संघर्षहरुमा खासै भूमिका खेल्न पाएनन्।

प्रतिक्रिया दिनुहोस