Latest News

भीम रावल एक्लैले हल्लाए संसद, सभामुख सापकोटाको समेत केही सिप चलेन

Nepalese Times July 20, 2022 (2 Year ago)    499 Views

काठमाडौं ।

नेकपा एमालेका सांसद भीमबहादुर रावलले रोस्ट्रम घेराउ गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको पत्र सरकारले नपठाइएको भन्दै रावलले सरकारलाई रुलिङ गर्न माग गर्दै रोस्ट्रम छेउ पुगेका थिए।

मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल भइरहेको थियो। सो प्रस्तावमा सांसदहरुहरु शक्तिबहादुर बस्नेत र पूर्णाकुमारी सुवेदीले आफ्नो धारणा राखेका थिए।

सभामुखको आशनमा रहेका सांसद सत्या पहाडीले पटक–पटक सांसद रावललाई आशन गर्न आग्रह गरे पनि रावलले एसपीपीमा सहभागी नहुने पत्र पठाइ सदनलाई जानकारी गराउपर्ने माग रोस्ट्रममै उभिएर राखे।

सो प्रस्तावमा धारणा राख्न रोस्ट्रममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाले पनि पटक–पटक विषयान्तर भएको भन्दै आशन ग्रहण गर्न आग्रह गरे। पटक पटकको आग्रहलाई सांसद रावलले अस्वीकार गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनुहोस