Latest News

हेटौँडा क्याम्पसका शिक्षकले सार्वजनिक ठाउँमै यी दुई छात्रालाई भित्रि बस्त्र खोल्न लगाएपछि तनाव, प्रदर्शन जारी

Nepalese Times July 20, 2022 (2 Year ago)    446 Views

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ४ मा रहेको हेटौँडा क्याम्पसमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।

परीक्षा दिन पुगेका दुईजना छात्रामाथि ‘अनुचित व्यवहार’ भएको भन्दै प्रदर्शनकारी विद्याथीहरुले विरोध प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले आज बिहानैबाट नाराबाजी गर्नुका साथै क्याम्पसमा तोडफोडसमेत गरेका छन् ।

‘चिट लुकाएको’ भन्दै भन्दै आफूहरूको भित्री वस्त्रसमेत खोल्न लगाइएको ती छात्राको दाबी छ । उनीहरुले घटना सार्वजनिक गरेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् ।

मकवानपुर बहुमुखी क्याम्पसबाट परीक्षाको लागि हेटौँडा क्याम्पस पुगेका दुई छात्राले कर्मचारीले आफूहरूलाई दुर्व्यवहार गरेको बताएका थिए ।

पीडित विद्यार्थीले आफू महिनावारी भएको र ‘प्याड’ प्रयोग गरेको भन्दा समेत कर्मचारीले ‘प्याड’ मा समेत चिट हुन्छ भन्दै खोल्न लगाएको बताएका छन् ।

यस घटनालाई लिएर मकवानपुरमा क्रियाशील विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् । दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस