काठमाडौं । नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले बालेन साहलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न सुझाव दिएका छन्।
केही दिनअघि आफ्नो निवासमा पुगेका मेयर साहलाई उनले आफ्नो फाटो खिचेर केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन समेत भनेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, मेरो फोटो खिचेर, केशव स्थापितकहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन। घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्याउँदैन।
उनले काठमाडौंले यस्तो मान्छे खोजेको होइन भन्दै घरपिच्छे पुगेर फोटो खिचेर कही नपुग्ने सुझाव दिएका छन्। उनले लेखेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुडमा चाहिँ देखिनँ, ऊ भरिभराउ भएर आएको थियो। यसो फोटो खिच्ने, मिडियामा हाल्ने मुड देखिन्थ्यो। यसरी नै काम गर्ने हो भने तिमीले काठमाडौं बिगार्छौ भनेको छु। मैले उसलाई सबभन्दा पहिला फोहोरमैलाको समस्या समाधान गर्न भनेको छु।’
केहि दिन अघि मेयर शाहले स्थापितलाई भेटेका थिए। चाबहिल(बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका बालेनसंगको भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए। स्था
स्थापितले बालेनसँग काठमाडौं महानगरका लागि आफूले तयार पारेका योजना सुनाएका थिए। काठमाडौं महानगरमा के के काम गर्न सकिन्छ भनेर आफ्नो आइडिया शेयर गरेका थिए ।
स्थापितले ‘काठमाडौं आफ्नो जन्मथलो भएकाले यहाँको विकासमा सहयोग पुर्याउन सधैँ आफू तयार रहेको बताएका थिए।