काठमाडौं ।
संचारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर देश दौडाहमा लागेका रवि लामिछाने संसदीय चुनावअघि नै आन्तरिक चुनाव गर्ने तयारीमा छन् ।
संसदीय चुनावपछि प्रधानमन्त्री र मन्त्रीहरु को–को बन्ने भन्ने आन्तरिक चुनावले निक्र्यौल गर्ने र उनीहरुलाई नै अनुहार बनाएर अघि बढ्ने उनको सुर छ ।
रवि लामिछानेकै बाटोमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि लागेका छन् उनले रवि लामिछानेले भनेजस्दै नेपाली कांग्रेसमा पनि आन्तरिक चुनावमार्फत उम्मेदवार चयन गर्नुपर्ने भनेका छन् ।
उनले आउँदो मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा केही निर्वाचन क्षेत्रमा प्राइमरी इलेक्सनमार्फत् उम्मेदवार छान्नुपर्ने बताएका छन् ।
ललितपुरको सानेपास्थित पार्टी कार्यालयको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले १६५ मध्ये १५ र ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ प्राइमरी इलेक्सन गर्नेबारे छलफल सुरू गर्न भनेका हुन्।
उनले भने, ‘१६५ मध्ये १५ जति ३३० मध्ये ३० क्षेत्रमा संघीय र प्रदेश उम्मेदवार चयन गर्न क्रियाशील सदस्य माझ प्राइमरी इलेक्सन गर्ने कि त्यसबारे छलफल प्रारम्भ गरौं ।’
उनले थपे, ‘यसले लोकतान्त्रिक अभ्यासको उच्चतम प्रयोगको नेतृत्वमा कांग्रेस अरूभन्दा एक कदम अघि हुनेछ र कांग्रेसप्रतिको आकर्षक पछिल्लो पुस्तामा भीषण ढंगले बढाउने छ।’
यस्तै उनले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ जय, जगदीश हरे गरेर घण्टी बजाउन नसकिने बताएका छन् । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले नेतृत्वको प्रशंसा गर्ने नाममा जे पनि नगर्न भनेका हुन्।
एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु राजनीतिको विसंगतिको पाटो भएको भन्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
एउटा नेताको पक्षधरता राख्न अर्कोलाई थोरै होच्याउने गरी बोल्नु हाम्रो राजनीतिको विसंगत पाटो भएको भन्दै उनले नेतृत्वको प्रशंसा गर्ने नाममा ॐ , जय , जगदीश हरे गरेर घण्टी नबजाउन र आलोचना गर्ने नाममा, डन्डी पनि नचलाउन आग्रह गरे ।