Latest News

धनगढीका मेयर गोपाल हमाल पनि हर्क सामपाङजस्तै भएर निस्किए, एकाएक गरे यस्तो घोषणा

Nepalese Times July 15, 2022 (2 Year ago)    372 Views

काठमाडौं ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ सबैको प्रिय पात्र बनिरहेका छन् । खानेपानी व्यवस्थापनमा आफैं साबेल गैती बोकेर फिल्डमा उत्रिएपछि उनको चौतर्फी प्रशंसा भइरहेको छ ।

यस्तै मेयर हर्कले आफूले चढ्ने गाडी बेचेर रोलर किन्ने निर्णय गरेसँगै उनको चर्चा धरानमा मात्रै सिमित रहेन, देशैभर उनै उदाहरणका पात्र बनिरहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएर अत्याधिक मतसहित जितेकामध्ये हर्ककको कामको खुलेर प्रशंसा भइरहेको समयमा धनगढीका मेयर गोपाल हमाल पनि कस्सिएका छन् ।

उनको पछिल्लो एउटा निर्णयले सबैको ध्यान आकृष्ट गरिरहेको छ । हमालले नगर विकास समितिबाट अध्यक्ष र सदस्य सचिवले प्राप्त गर्ने मासिक भत्ता खारेज गराएका छन् ।

नगर विकास समितिको वैठकबाट भत्ता खारेज गरिएको हो । समितिबाट अध्यक्षले मासिक १५ हजार र सदस्य सचिवले ६ हजार रुपैयाँ मासिक भत्ता पाउँदै आएका थिए ।

धनगढी उपमहागरपालिकाका मेयर समितिको अध्यक्ष हुन्छन् भने प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव रहने प्रावधान छ । भत्ता खारेज गरेर मेयर हमालले आफ्नै सुविधामा कैंची लगाएका हुन् ।

हमालले गत स्थानीय चुनावमा धनगढीबाट स्वतन्त्र उम्मेदवारी दिएर जित हासिल गरेका थिए । कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई झण्डै दोब्बर मतले उनले हराएका हुन् ।

२०७४ सालको चुनावमा पनि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए, तर पराजित भएका थिए । विगतमा उनी विवेकशील साझा पार्टीका सुदुरपश्चिम प्रदेश संयोजक थिए ।

प्रतिक्रिया दिनुहोस