Latest News

विद्या भट्टराईको आफ्नै भोट पनि काटियो, केपी आलीले समेत बलिको बोको बनाए !

Nepalese Times July 15, 2022 (2 Year ago)    565 Views

काठमाडौं । नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल उपसभामुख पदमा निर्वाचित भएकी छिन् ।

शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालले १४८ मतसहित विजयी भएकी हुन् ।

२०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म खाली रहेको यो पदमा आज चुनाव भएको हो ।

अर्घाखाँची पोखराथोककी पुष्पा भुसाल २०२८ सालदेखि राजनीतिमा आवद्ध छिन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी भुसाललाई माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलको साथ रहेको थियो ।

एमालेकी भट्टराईलाई राप्रपा र मजदूर किसान पार्टीको समर्थन छ। संसदमा एमालेको ९८ र स्वतन्त्रको २ मत छ।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगे एउटा गम्भीर तथ्य बाहिरिएको छ । नेकपा एमालेको तर्फबाट उपसभामुख पदमा उमेदवारी दिएकी विद्या भट्टराईले आफ्नै पार्टीको मत समेत पाउन नसकेको देखिएको छ ।

सुरुमा त, पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै उनलाई बलिको बोको बनाए । पराजित हुने थाहा पाउँदा पाउँदै एमालेले विद्यालाई उम्मेदवार बनाएको हो ।

पराजित हुने थाहा हुँदाहुँदै भट्टराईले उम्मेदवारी दिए । तर, आफ्नै पार्टीको भोटसमेत पाउन सकिनन् ।

उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतमले १४८ मत पाइरहदा भट्टराईले आफ्नै पार्टीको समेत पुरा मत पाउन नसकेपछि उनी तनावमा परेकी छिन् ।

नेकपा एमालेको ९८ सांसदहरुमध्ये ९३ सांसदले मात्र मतदान गरेपछि उनि आफ्नै पार्टीका सांसदहरुसँग असन्तुष्ट बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस