Latest News

एमालेले ‘एम अधिकारी’ बनाउन खोजेको यी व्यक्ति एकाएक वेपत्ता !

Nepalese Times July 14, 2022 (2 Year ago)    435 Views

काठमाडौं । नेकपा एमालेले गर्भनर महाप्रसाद अधिकारीलाई अर्थ तथा योजना विभागको सदस्य बनाएको तथ्य बाहिरिएपछि एमाले र गर्भनर स्वयम अप्ठ्यारोमा परेका छन् ।

एमालेले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै व्यक्ति नभएको जनाए पनि विभिन्न तथ्यहरुले एम अधिकारी भन्ने व्यक्ति महाप्रसाद अधिकारी नै हुन भन्ने पुष्टि गरेको छ । सँगै एमाले अप्ठ्यारोमा परेको छ ।

गर्भनरलाई जोगाउन नक्कली एम अधिकारीको खोजिमा जुटेको एमालेलाई अर्को झमेला आइलागेको छ ।

एमालेले विराटनगरका मनोज अधिकारीलाई एम अधिकारीको रुपमा सार्वजनिक गर्न लागेको थियो । तर, अहिले मनोज सम्पर्कविहीन छन् ।

‘गभर्नरसापलाई साह्रै अप्ठ्यारोमा पार्ने भए । केही समयलाई तपाईं एम अधिकारी बनिदिनुपर्यो, त्यसबापत पछि पार्टीले हेर्छ’ भनेपछि मनोज एम अधिकारी बन्न तयार भएका थिए । तर, साथीभाईले ‘फस्लास है भनेपछि’ मनोज सम्पर्कविहीन भएको स्रोतले जनाएको छ ।

सुरुमा एम अधिकारी बन्न तयार भएका मनोज सम्पर्कविहीन भएपछि एमाले तनावमा परेको छ । त्यसैले ‘एम’बाट नाम आउने अधिकारी थरका अर्का व्यक्तिको खोजिमा एमाले लागेको बुझिएको छ ।

मनोज विराटनगरमा सीए फर्म चलाउँछन् । भारतमा रहेको सुशीललाल एन्ड एसोसिएटसँगको पार्टनरसीपमा उनले हालसालै फर्म सञ्चालनमा ल्याएको बताइएको छ ।

वि।सं। २०४४ मंसिर ६ गते जन्मिएका मनोजको ठेगाना विराटनगर– ५ भनेर नागरिकतामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस