Latest News

अन्ततः ‘एम अधिकारी’ गभर्नर महाप्रसाद नै भएको पुष्टि, बाहिरियो यस्तो अडियो (अडियोसहित)

Nepalese Times July 14, 2022 (2 Year ago)    639 Views

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर नेकपा एमालेले अर्थ तथा योजना विभागका सदस्य नै रहेको पुष्टि भएको छ ।

विभागका सदस्य देउवकाजी गुरुङले उनी यसअघि पनि विभागको सदस्य रहेको र गभर्नरमा नियुक्त भएपछि महाप्रसाद अधिकारीबाट एम अधिकारी भएको पुष्टि गरेका छन् ।

संचार माध्यमसँग कुरा गर्दै उनले गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागको मिटिङमा आफूहरुसँगै आउने गरेको र एम अधिकारी भन्ने उनै महाप्रसाद रहेको बताएका छन् ।

यस्तै राष्ट्र बैंकका अधिकारी महाप्रसाद अधिकारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नेतृत्वलाई अर्थ विभागमा आफ्नो नाम किन राखेको भन्दै प्रश्न गरेका छन् ।

अर्थ विभागकै एक सदस्यले जनाएअनुसार अधिकारीले आफ्नो नाम अर्थ तथा योजना विभागको सदस्यमा आफ्नो नाम राखेकोमा असन्तुष्टि जनाएका हुन् ।

‘मेरो नाम किन राख्नु भएको भन्दै गभर्नरले नेतृत्वमाथि प्रश्न गर्नुभएको छ, ती नेताले भने, आफ्नो बदनामी भएको भन्दै गभर्नरज्यूले राखेको प्रश्नमा अध्यक्ष केपी शर्मा ओलीले मिस्टेक भएको होला, म हेर्छु भन्नुभएको छ ।’

बुधवार अपराह्न गभर्नरकै विषयलाई लिएर बालकोटमा अध्यक्ष ओलीले केही नेताहरूलाई बोलाएर छलफल गरेका थिए ।

घनश्याम भुसाल प्रमुख रहेको अर्थ तथा योजना विभागको सदस्यमा खोटाङका एम अधिकारीको नाम समावेश भएको विषयलाई लिएर यतिबेला चर्चा चुलिएको छ ।

आफ्नो नाम राखेको भन्दै गभर्नर अधिकारीले ओलीसँगै फोनमार्फत असन्तुष्टि राखेका हुन् । यसअघि २०७३ सालमा पनि एक विज्ञप्ति जारी गर्दै एमालेले अधिकारीलाई अर्थ तथा योजना विभागमा राखेको थियो ।

अहिले विभाग प्रमुख भुसालले आफ्नो विभागमा सार्वजनिक पद धारण गरेका व्यक्ति नरहेको भन्दै आफ्नो बचाउ गरेका छन् । यही विषयलाई लिएर गभर्नर अधिकारीमाथि नैतिकताको प्रश्नसमेत उठेको छ ।

प्रतिक्रिया दिनुहोस