काठमाडौं –
१३३ कानुन व्यवसायीले वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले १३३ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा बन्दीलाई सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ ।
कानुन व्यवसायी परिषद् ऐनमा ‘कुनै अधिवक्ताले कम्तीमा १५ वर्ष सर्वोच्च अदालत वा पुनरावेदन तहको अदालतमा कानुन व्यवसाय गरी पेशाको उच्च मर्यादा राखी अदालत र समाजलाई सहयोग गरेकोछ भन्ने सर्वोच्च अदालतलाई लागेमा त्यस्तो अधिवक्तालाई सर्वोच्च अदालतले सम्मान स्वरूप वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्न सक्ने’ व्यवस्था छ । यही व्यवस्था बमोजिम सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार अधिवक्ताहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो । जसमा २०४३–२०५१ सालसम्म अधिवक्ताको लाइसेन्स लिएका व्यक्तिहरू परेका छन् ।
कानुनमन्त्री हुनुअघि बन्दी कानुन व्यवसायमा थिए । उनले २०५१ सालमा कानुन व्यवसायी परिषद्बाट अधिवक्ताको लाइसेन्स लिएका थिए ।
बुधबार सर्वोच्च अदालतले दिएको वरिष्ठ अधिवक्ताको उपाधि पाउनेहरूमा टीकाराम भट्टराई, सुनिल पोखरेल, रमेश बडाल, मेघराज पोखरेल, बालकृष्ण ढकाल लगायत छन् ।
हेर्नुहोस् सूची