Latest News

‘सभामुख महोदय ! बाउ–छोरालाई बाधेर राखौं, नत्र यिनले नेपाललाई जलाउँछन्’

Nepalese Times July 13, 2022 (2 Year ago)    505 Views

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र गभर्नर महाप्रसाद अधिकारीमाथि कटाक्ष गरेका छन्।

एमालेको अर्थ विभागमा खोटाङका एम अधिकारीको नाम आएपछि उनले गभर्नर अधिकारी र एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरेको हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘‘मलाई शंका लागिरहेको थियो। एकजना बार्दलीमा बसेर यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए, एकजना ढुकुटीमाथि बसेर म पनि यो देशलाई श्रीलंका बनाइदिउँ भन्दै थिए। यी दुई जनामा नाता पर्छ कि जस्तो लागेको थियो, नभन्दै यिनी बा र छोरा रहेछन्।’

उनले गभर्नर अधिकारीले बार्दलीका हनुमान भएको आरोप लगाए। यस्ता हनुमानहरुलाई बाधेर नराखे नेपाललाई श्रीलंकाजस्तै बनाउने बताए। ‘बार्दलीका हनुमान हुन् कि जस्तो पनि लाग्थ्यो, नभन्दै यी हनुमान रहेछन् द्वापर युगमा यिनले श्रीलंका जलाएका थिए।

अहिले पनि श्रीलंका जलिराखेको छ, नेपाल पनि जलाउँछन् जस्तो लागिरहेको छ । सरकारलाई भन्नुस् यिनलाई बाँधेर राख्नु पर्‍यो। नत्र यिनले नेपाल जलाउँछन्।’

प्रतिक्रिया दिनुहोस