Latest News

गभर्नर अधिकारी एमालेको कार्यकर्ता भएको खुलेपछि गगन थापाले यसरी लिए सातो

Nepalese Times July 13, 2022 (2 Year ago)    457 Views

काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको योजना विभागको सदस्य बनेकोमा कटाक्ष गरेका छन् ।

अन्य सांसदहरूले गभर्नर अधिकारीमाथि छानबिनको माग गरिरहँदा गगनले व्यंग्यात्मक कटाक्ष गरेका हुन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा महामन्त्री थापाले मौद्रिक नीतिमा केही अपेक्षा रहे पनि त्यो एमालेको अर्थ तथा योजना विभागको सदस्यसँग नभएको बताएका हुन् ।

मौद्रिक नीति चलायमान हुने गरी ल्याउनुपर्ने भन्दै उनले व्यापार घाटा र आकासिलो मूल्यवृद्धिलाई व्यवस्थापन गर्ने गरी ल्याउनुपर्ने बताए ।

शेयर बजारमा सुधार भनेर ४’१२ को नीति ल्याइएको भन्दै उनले यसलाई सच्चाइनु पर्ने बताए ।

अन्यथा लाखौँ साना लगानीकर्ता सडकमा आउने भन्दै थापाले संसदमा भने, ‘मैले गरेको सबै अनुरोध राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हो । नेकपा एमालेको अर्थ योजना विभागको सदस्य मिस्टर एम अधिकारीले मलाई भनेको भनेर बुझ्नु भएमा क्षमा चाहन्छु ।’

गभर्नर अधिकारी एमालेको अर्थ र योजना विभागको सदस्य रहेको बाहिर आएपछि सांसदहरूले उनीमाथि छानबिन र कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस