Latest News

कांग्रेसबाट बिद्रोह गर्ने पूर्वमन्त्री मोहन बस्नेतको चेतावनी

Nepalese Times July 12, 2022 (2 Year ago)    396 Views

काठमाडौँ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा आफूले टिकट नपाए विद्रोह गर्ने चेतावनी दिएका छन् ।

अबको संसदीय चुनावमा गठबन्धन गर्न नहुने भन्दै उनले यदि गठबन्धनकै कारण आफूले टिकट नपाए बिद्रोह गर्ने बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै बस्नेतले गठबन्धनले पार्टीको हित नगर्ने बताएका हुन् ।

उनले गठबन्धन पार्टीले गरेमा आफ्नो सिट सुरक्षित हुनुपर्ने नत्र विद्रोह गर्ने चेतावनी दिए ।

केन्द्रीय समितिमा बैठकमा बस्नेतले भने, ‘गठबन्धन गर्नुस्, मेरो केही भन्नु छैन । मेरो गृह जिल्लामा खेल्ने प्रयास नहोस् । यदी खेल्ने प्रयास भयो भने विद्रोह गर्छु । अग्नि सापकोटालाई छाड्नुभयो भने म विद्रोहका लागि तयार छु ।’

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा बस्नेत सभामुख अग्निप्रसाद सापकोटासँग सिन्धुपाल्चोक १ मा पराजित भएका थिए । गठबन्धन गर्दा माओवादीको भागबाट सापकोटाले नै टिकट पाउने आकलन गर्दै बस्नेतले पार्टी नेतृत्वसमक्ष घुर्की लगाएका हुन् ।

कांग्रेस बैठकमा बोल्ने धेरै सदस्यहरुले भने गठबन्धन गरेरै निर्वाचनमा जानुपर्ने धारणा राखेका छन् ।

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलको साथबाट चुनाव लडेको कांग्रेसले सबैभन्दा बढी पालिकामा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस