Latest News

बाबुराम भट्टराईले बैठकमा सहभागी हुनेसँग मागे ५ सय रुपैयाँ !

Nepalese Times July 12, 2022 (2 Year ago)    454 Views

काठमाडौं ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारित बैठक आज बस्दैछ ।

जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा बस्ने तय भएको बैठकमा भट्टराईले समसामयिक राजनीतिक तथा पार्टीको विषयवस्तु समेटेर प्रस्तुत गर्ने कार्यपत्रमाथी छलफल हुने बताइएको छ ।

बैठकमा पार्टी विभाजनबारे समेत छलफल हुँदैछ । आज ११ बजेदेखि सुरु हुने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूले पाँच सय रुपियाँ शुल्क तिनुपर्नेछ ।

दुई दिनसम्म चल्ने बैठकमा सहभागी हुने केन्द्रीय सदस्य तथा परिषद्का सदस्यहले बास तथा खानाको व्यवस्था आफै गर्नुपर्ने हुन्छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पनि बुधवार केन्द्रीय समितिको बैठक बोलाएका छन् । उक्त बैठक वीरगञ्जमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस