काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतमलाई निष्कासित गरेर संयोजक बनेका युवराज सफलले विभिन्न ४ महत्वपूर्ण निर्णय गरेका छन् ।
शनिबार बसेको अभियानको सचिवालय बैठकले राष्ट्रिय पुनर्जागरण पार्टी, नेपाल समावेशी पार्टी र कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानलाई नेकपा एकता राष्ट्रिय अभियानमा आबद्धता गराउने निर्णय गरेको छ ।
यस्तै बैठकले अन्य समूहसँग वार्ता गर्न युवराज सफलको अध्यक्षतामा ५ सदस्य रहेको वार्ता तथा एकीकरण विभाग गठन गरिएको छ ।
त्यस्तै कम्युनिष्ट एकताको लागि विभिन्न राजनीतिक पार्टीसँग वार्ता गर्न अभियान सचिवालय सदस्य निलकण्ठ पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली बनाइएको छ ।
एकता प्रकृयामा सामेल भएका राजनीतक दल तथा समूहबाट क्रमशः डिबी थापा राष्ट्रिय पुनर्जागरण पार्टीबाट, मोतीलाल भारती नेपाल समावेशी पार्टीबाट र राधाकृष्ण पाण्डे मुक्ति कम्युनिष्ट एकताको लागि राष्ट्रिय अभियानबाट सचिवालय सदस्यमा चयन गर्ने निर्णय पनि गरिएको छ ।
केही दिनअघि सफलले आफूसहितका केही नेतालाई जीउ ज्यानमा सुरक्षा खतरा भएकोले सुरक्षाकर्मी उपलब्ध गराइ पाउँ भनी गृहमन्त्रीसमक्ष निवेदन दिएका थिए ।
आफूहरूसँग बहुमत रहेको भन्दै केही नेताले वामदेवलाई हटाएर युवराज सफललाई संयोजक तोकेको भोलिपल्टै वामदेवले भने युवराज सफलसहित पाँचजनालाई निष्कासन गरेको थियो ।
यस्ता छन् ४ बुँदे निर्णयहरु