Latest News

बुढीगंगामा कांग्रेस उम्मेदवारले कायम गर्यो अग्रता, यस्तो आयो पछिल्लो अपडेट

Nepalese Times July 8, 2022 (2 Year ago)    1194 Views

काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

उपप्रमुखमा भने एमाले अगाडि रहेको छ। शुक्रबार अपराह्नसम्म ४ सय मतगणना हुँदा प्रमुख पदका कांग्रेसका रंगबहादुर खातीले १ सय८५ मत ल्याउँदा एमालेका रामबहादुर बानियाँले १ सय ८१ मत प्राप्त गरेका छन्।

बूढीगंगामा ३० वैशाखमा भएको स्थानीय चुनाव रद्ध गरी बिहीबार फेरि मतदान गरिएको हो ।

बूढीगङ्गामा १३ हजार ६ सय ५९ जना मतदातामध्ये ९ हजार १ सय २८ अर्थात ६६ दशमलव ८३ प्रतिशतले मतदान गरेका छन् । मतदानमा ३६।०२ प्रतिशत महिला र ३०।७३ प्रतिशत पुरुष सहभागी भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टका अनुसार वडा नम्बर १ मा ८३१, वडानम्बर २ मा एक हजार ११९, वडानम्बर ३ मा ७६७ , वडानम्बर ४ मा एक हजार २१०, वडानम्बर ५ मा ८१८ मत खसेको छ ।

यस्तैगरेर वडा नम्बर ६ मा ७९०, वडानम्बर ७ मा ८८१ , वडानम्बर ८ मा ७००, वडानम्बर ९ मा ९०३ र वडानम्बर १० मा एक हजार १०९ मत खसेको छ ।

१० वडामा १० मतदानस्थल र १९ वटा मतदान केन्द्र रहेका थिए । निर्वाचन धाँदलीरहित बनाउनका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान गरेर एक मतदान स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

वैशाख ३० गतेको चुनावमा सुरक्षा व्यवस्था कमजोर हुँदा २,३,५ र ९ एमाले, ४ र ७ मा कांग्रेसले वुथ कव्जा गरेको कारण यसपटक सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस