Latest News

राजेन्द्र पाण्डेको मुख्यमन्त्री पद जोगाउन महेश बस्नेत सक्रिय, ओलीले नै दिए यस्तो निर्देशन

Nepalese Times July 3, 2022 (2 Year ago)    758 Views

काठमाडौं ।

प्रतिनिधि सभा निर्वाचन अघि नै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीबीच एकताको सम्भावना बढेको छ । एकताका लागि प्रभावशाली नेताहरु नै भित्र भित्र लागेका छन् ।

एमाले र एसबीच एकीकरण गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल सक्रिय भएका छन् । खनालनिकटस्थहरु विभिन्न माध्यमले एमाले नेताहरुसँग भेटवार्ता बढाउन थालेका छन् ।

वामदेव गौतमले पनि अभियान चलाएका छन् । उनीनिकटस्थहरु पनि मध्यस्थकर्ता भएर एमाले र एसका नेताबीच भेट गराइरहेका छन् ।

एससँग एकता गर्न एमाले अध्यक्ष केपी शर्मा ओली पनि लचिलो बनेको बुझिएको छ । बागमती प्रदेशमा राजेन्द्र पाण्डे नेतृत्वको सरकार बचाउन ओलीले निर्देशन दिइसकेको बुझिएको छ ।

महेश बस्नेत यसमा लागिसकेका छन् । यसले एमाले र एसबीच एकताको माहोल तयार भइरहेको बुझिएको छ ।

माधव नेपालमाथि पनि एमालेसँग एकता गर्न दबाब बढेको छ । हालै मन्त्रीबाट हटेका चारजना सांसद पनि एमालेसँग एकताका लागि सक्रियता बढाउन थालेका छन् ।

यसैगरी, नेकपा एमाले र एसबीच एकता बनाउन ठूलै शक्तिकेन्द्र लागेको बुझिएको छ । सकभर कम्युनिस्ट एकता गराउने नभए एमालेमा भएपनि एकता बनाउने रणनीतिमा लागेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस