Latest News

आज २०७९ साल आषाढ १९ गते आइतवारको राशिफल हेर्नुहोस्

Nepalese Times July 3, 2022 (2 Year ago)    642 Views

आज २०७९ साल आषाढ १९ गते आइतवार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई प्रयास गर्दा राम्रो हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग पनि प्राप्त हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्यामा अरु भन्दा पछि परिने देखिन्छ । समयमा काम नबन्न सक्छ, तर मन मिल्ने साथीको साथ, सहयोग र हौसलाले मन शान्ति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज धार्मिक चिन्तन बढ्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भए पनि अधुरा काम सम्पन्न होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभकार्यको चर्चा चल्नेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । प्रेम जीवन सबल र सफल रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शेयर बजारको क्षेत्रमा पनि सफल रहने योग छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । आफन्त र सहयोगीहरूको राम्रो साथ र सहयोग प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज धार्मिक कार्य सफल रहनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलालको सहयोगमा हाम्रोपात्रो डटकमबाट

प्रतिक्रिया दिनुहोस