Latest News

सशस्त्र प्रहरी बलका १३ एसएसपीको सरुवा, को-को परे ? (सूचीसहित)

Nepalese Times July 1, 2022 (2 Year ago)    543 Views

काठमाडौं ।

सशस्त्र प्रहरी बलका १३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रिस्तरको निर्णयबाट शुक्रबार सरुवा भएको हो ।

सरुवा अनुसार प्रबन्ध महाशाखामा कामु एसएसपी दीपेन्द्र कुँवरलाई पठाइएको छ ।

उनी अत्याधिक पावर पोलिटिक्स गर्ने सशस्त्र प्रहरी अधिकारीका रुपमा चिनिन्छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पावरका आधारमा उनी पहिलो नम्बरमा बढुवा हुने दाउमा छन् । यसअघि स्टाफ कलेज प्रकरणमा पनि उनी विवादमा तानिएका थिए ।

त्यस्तै, दीपेन्द्र शाहलाई ककनी तालिम केन्द्र, सुरेश कुमार श्रेष्ठलाई पोखरा शिक्षालय, विष्णु भट्टलाई महानिरीक्षकको सचिवालय तथा भूपेन्द्र केसीलाई नौबास्ता तालिम केन्द्रमा सरुवा गरिएको छ ।

===========

प्रतिक्रिया दिनुहोस