Latest News

बाबुरामले पत्नी हिसिलालाई मन्त्री बनाउने प्रस्ताव गरे, तर उपेन्द्रले नमानेपछि भाँडभैलो मच्चियो

Nepalese Times July 1, 2022 (2 Year ago)    465 Views

काठमाडौं । डा. बाबुराम भट्टराई सहमतिमै जनता समाजवादी पार्टी (जसपा) बाट छुट्टिने भएसँगै अनेक प्रश्नहरु उब्जिएका छन् ।

उनले नयाँ ढंगको समाजवादी केन्द्र निर्माणका लागि भन्दै राष्ट्रिय भेलाको तयारीसमेत गरिसकेका छन् । उनी जसपाबाट अलग्गिनुको कारणबारे धेरैलाई अनेक चासो भइरहेको छ ।

यसैक्रममा एउटा खबर बाहिरिएसँगै बाबुराम भट्टराई तनावमा परेका छन् । जसपाका एक नेताका अनुसार भट्टराईले पत्नी हिसिला यमीलाई मन्त्री बनाउन पार्टीमा प्रस्ताव गरेका थिए ।

उनले बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुमध्ये एकजना हिसिला यामीलाई मन्त्री बनाउने प्रस्ताव गरेपछि अध्यक्ष उपेन्द्र यादवले मानेनन् । यसै विषयमा नै यादव र भट्टराईबीचको मतभेद् बढ्यो ।
आफूले राखेका प्रस्तावहरु यादवले मान्न छाडेकाले अहिले पार्टीबाट बाहिरिनुपर्ने अवस्था आएको बताईएको छ ।

उपेन्द्र यादव निकट एक नेताका अनुसार यदि भट्टराईले प्रस्ताव गरेअनुसार यादवले हिसिलालाई मन्त्री बनाउन तयार भएको भए बाटो अलग–अलग गर्नेसम्म पार्टीको विवाद आउँने थिएन ।

यस्तै जसपामा नै बस्ने निर्णय गरेको असोक राईले पनि यादवसँग आफ्नी श्रीमतीलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनले आफ्नी श्रीमतीलाई मन्त्री बनाउन हदैसम्मको पापड पेलिरहेका जसपाका एक नेताले बताए ।

राईले आफ्नी गैरसांसद श्रीमतीलाई मन्त्री बनाउन पार्टी फुटाउने सम्मको धम्की दिएपछि अध्यक्ष उपेन्द्र यादव राईको प्रस्ताव मान्न तयार भएका छन् ।

विभाजनको संघारमा पुगेको पार्टीमा समिकरण मिलाउन गैरसांसद श्रेष्ठलाई मन्त्री बनाएरै भएपनि अशोक राईको साथ र समर्थन पाउन यादवले सिफारिस गरेका हुन् ।

पार्टीको समानुपातिक सूचीमा रहेकी सुशीला श्रेष्ठ राईकी श्रीमती हुन्।
यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको नयाँ लिष्टमा संघिय मामिला तथा सामान्य प्रशानमन्त्रीमा श्रेष्ठको नाम सिफारिस गरिएको छ । स्रोतका अनुसार अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर उनलाई ल्याइएको हो ।

यस्तै नयाँ मन्त्रीका लागि दोस्रो नाम डा. सूर्य नारायण यादव रहेको छ। सप्तरीबाट निर्वाचित यादवलाई रामसहाय यादवको स्थानमा वन तथा वातावरण मन्त्रीमा सिफारिस गरिएको छ।

अध्यक्ष यादवको चुनावी क्षेत्र सप्तरीमा स्थानीय चुनावमा नराम्ररी हार व्यहोरेका अध्यक्ष यादवले प्रतिनिधि सभाको चुनावमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिस गरेको बताइएको छ । बालुवाटारमा बुझाइएको नयाँ मन्त्रीको नामावलीमा डा सुरेन्द्र यादवको पनि नाम छ।

कृषि तथा पशुपालन मन्त्रीमा रहेका महेन्द्र राय यादवलाई हटाएर डा। सुरेन्द्र यादवको नाम समावेश गरिएको छ। ओली सरकारमा भएको चर्चित सांसद अपहरण काण्डमा उनको नै अपहरण भएको थियो ।

पछिल्लो पटक यादव केही समयको लागि स्वास्थ्य राज्य मन्त्री पनि भएका थिए। मन्त्रीको नामावलीमा चौथो नाम मोहम्मद इस्तियाक राईको रहेको छ। रेणु यादवले सम्हालेको भौतिक निर्माण तथा यातायात मन्त्रालयमा इस्तियाक राईलाई सिफारिस गरिएको छ।

पश्चिम तराईको प्रतिनिधि र मुस्लिम समुदायलाई खुशी पार्न राईको नाम सिफारिस गरिएको स्रोत बताउँछ । राई शुरू देखि नै डा। बाबुराम भट्टराईको पक्षमा रहे पछि पार्टी विभाजनको योजना मत्थर पार्न उनको नाम राखिएको हो।

पार्टीबाट सर्वाधिक चर्चामा रहेका केही नामहरू जस्तै प्रदीप यादव, मृगेन्द्रसिंह यादव, रामबाबु यादव, प्रमोद साह लगायत कसैको पनि नाम नयाँ मन्त्रीमा प्रस्तावित नगरिएको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस