काठमाडौं । रेस्लर अस्मिता जुरेलीले असार १५ मनाउने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै हिलारी भनिने हिक्मत बोहराविरुद्ध उजुरी दिएकी छिन् ।
ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार जुरेलीले दिएको जाहेरी दर्ता भएको छ । जुरेलीले बिहीबार साँझ जाहेरी ल्याएकी र आज दर्ता भएर प्रकृयामा गएको एसपी शाहले बताए ।
अदालतले पक्राउ पुर्जी दिएपछि हिलारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिने शाहले बताए । आरोपी शाह युवा संघका केन्द्रीय सदस्य पनि हुन् ।
ललितपुरको फर्सिडोलमा धान रोप्दै असार १५ मनाइरहेका बेला हिलारीले आफूलाई समातेर लडाएको जुरेलीको आरोप छ । उक्त कार्यक्रम युवा संघले नै आयोजना गरेको थियो ।
हिक्मले भने अस्मिताले भनेजस्तो आफूहरू अपरिचित नभएको बताउँदै आफूले नियतवस अस्मितामाथि कुनै दुर्व्यवहार नगरेको प्रष्टीकरण दिएका छन् ।