Latest News

नारायणमान बिजुक्छे पनि ओली निवास बालकोटमा, राजनीतिक वृत्तमा नयाँ तरंग

Nepalese Times July 1, 2022 (2 Year ago)    823 Views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेका छन् ।

पत्नी शोकमा रहनुभएका अध्यक्ष बिजुक्छेलाई समवेदना तथा मृतक शोभा प्रधान बिजुक्छेको गत साता निधन भएको हो ।

एमाले अध्यक्ष ओली बिहीवार बिजुक्छे निवास पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए । अध्यक्ष ओलीका साथ उनकी पत्नी राधिका शाक्य र एमाले स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ पनि निवास पुगेका थिए ।

यसअघि  बिहीवार ओली र नेकपा एकता राष्ट्रिय अभियान पार्टीका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको थियो । एमाले अध्यक्ष ओलीलाई भेट्न गौतम ओली निवास बालकोट पुगेका थिए ।

वामपन्थी एकताको अभियान सञ्चालन गर्ने भनेका गौतमले ओलीसँग भेट्न बुधबारै समय लिएका थिए । बालकोट पुगेका गौतमलाई ओलीले नेकपा विभाजनमा प्रचण्ड–माधव र झलनाथसँगै गौतमको पनि भूमिका रहेको बताएका छन् ।

त्यसबेला बलियो पार्टी बनाउने, देश बनाउने भन्दा पनि कसले के खाने कसले के पाउने भन्नेमा सबैजना लागेको भन्दै ओलीले भने, ‘अहिले नै चाहियो भनेर मलाई घेराबन्दी गरेर पार्टी कब्जा गर्न खोज्दाका परिणामहरू पछि देखिएका हुन् ।’

गौतमले भने आफू तत्कालीन नेकपालाई एकजुट बनाउने अभियानमा रहेको बताएका छन् । भेटका क्रममा गौतमले वाम एकताको प्रस्ताव राखेको बालकोट स्रोतले जनाएको छ ।

गौतमनिकट नेताले भने,‘हामीले त नेपालका वामपन्थीहरुबीच एकता गर्ने उद्देश्य राखेका छौं । सोहीअनुसार आज संयोजकले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीजीसँग भेट्नुभएको हो ।’

सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए ।

गौतमले ओलीपछि अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने पाण्डेले बताए । नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए ।

प्रतिक्रिया दिनुहोस