Latest News

भारतीय राजदूतले राष्ट्रपति लगत्तै प्रधानमन्त्री देउवालाई किन भेटे ?

Nepalese Times June 30, 2022 (2 Year ago)    332 Views

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएलगत्तै नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

शीतल निवासमा ओहोदाको प्रमाणपत्र बुझाएर निस्किएका श्रीवास्तवले सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग संवाद गरेका हुन्।

भेटमा उनले भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।

राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री देउवाको भारत भ्रमण र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको पनि भेटमा बताए।

उनले आफ्नो कार्यकालमा दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिवद्धता पनि प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका छन्।

त्यसक्रममा प्रधानमन्त्री देउवाले राजदूत श्रीवास्तवलाई नेपालमा स्वागत गर्दै उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका थिए।

श्रीवास्तव नेपालका लागि भारतका २६ औँ राजदूत हुन्। पूर्व राजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि श्रीवास्तव नयाँ राजदूत नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस