Latest News

प्रधानमन्त्री पत्नी आरजु देउवालाई कोरोना संक्रमण

Nepalese Times June 30, 2022 (2 Year ago)    446 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता होम क्वारेन्टाइनमा बसेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनी क्वारेटाइनमा बसेकी हुन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ५५ जना कोरोना संक्रमित थपिएका छन्। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २ हजार ६९८ जनाको परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितिको संख्या २८० पुगेको छ। मन्त्रालयका अनुसार सो अवधिमा १७ जना संक्रमणमुक्त भएका हुन्।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण हुने मृत्यु शून्य रहेको छ।

यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले १ सय १० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ ।

‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड–१९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक अनुक्रमहरू घट्दै गएका छन्, जसको अर्थ ओमिक्रोन लाई ट्र्याक गर्न र भविष्यमा देखापर्ने भेरियन्टहरूको विश्लेषण गर्न गाह्रो भइरहेको छ,’ डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस