Latest News

अर्का एमाले सांसद पनि लागिन् बामदेवको नयाँ पार्टीमा, एमालेले कारबाही गर्ला ?

Nepalese Times June 28, 2022 (1 Year ago)    646 Views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै नयाँ पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् ।

यस्तै नेकपा एमालेबाट सांसद भएकी तुलसा थापा नेकपा एकता राष्ट्रिय अभियानमा खुलेकी छन् । थापा मंगलबार घोषणा हुन लागेको गौतम नेतृत्वको पार्टीको केन्द्रीय सदस्यमा समेटिएकी हुन् ।

एमालेबाट समानुपातिक सांसद रहेकी उनी आफ्ना श्रीमानको नेतृत्वमा रहेका पार्टीमा खुलेसँगै सांसद पद धरापमा पर्ने देखिएको छ । उनले आफू तत्कालीन नेकपालाई एक बनाउन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरे भोग्न तयार भएको बताएकी छन् ।

हामीले पार्टी फुटाउनलाई र कसैलाई गाली गर्नलाई होइन । तत्कालिन नेकपामा भएका सबै नेताहरु मिलेर जानुपर‍्यो भनेर नयाँ पार्टी खोलेको र सबैलाई जोडिन आह्वान गरेको बताएकी छन्

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका गौतमले सोही अभियानलाई पार्टीको रुपमा घोषणा गर्न लागेका हुन् ।

पार्टी घोषणालगत्तै सबै साना ठूला कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्नका तीन महिने लागि अभियान सञ्चालन गरिने मुख्य योजना रहेको छ। तीन महिनाभित्र तत्कालिन नेकपालाई जोड्ने उद्देश्यका साथ आफूहरु अघि बढ्न लागेको उनको भनाइ छ ।

आफूहरुको पार्टी सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्ने अभियान भएको उनको भनाइ छ । पार्टीको संयोजक गौतम नै रहनेछन् भने सचिवमा डिबी कार्की रहेका छन् । यस्तै प्रचार विभागमा नीमकान्त पाण्डे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस