काठमाडौं । केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्। उनले आज अपरान्ह ३ बजे काठमाडौंमा पत्रकार सम्मेलन गरी नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने कार्यक्रम छ।
गौतमले नेपाल कम्युनिष्ट पार्टी (राष्ट्रिय एकता अभियान) नामको पार्टी खोल्ने भएका छन्। ‘उहाँले नेकपा राष्ट्रिय एकता अभियान’ पार्टी खोल्न लाग्नुभएको छ,’ गौतमनिकट स्रोतले भन्यो।
यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बनेका थिए। अभियानका नामबाट उनले केही दिनअघि भेला पनि गरेका थिए।
गत प्रतिनिधि सभा चुनावमा बर्दियाबाट पराजित गौतमलाई तत्कालीन नेकपा सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो। मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य नियुक्त गरेकी थिइन्।
एमाले र नेकपामा हुँदा गौतम उपाध्यक्ष थिए। २०५४ साल एमाले विभाजन गरेर उनी नेकपा (माले) का महासचिव बनेका थिए।
७७ वटै जिल्लाका अध्यक्षलाई केन्द्रीय समितिमा पदेन सदस्यका रुपमा सहभागी गराइनेछ । पार्टी विस्तारका क्रममा केन्द्रीय समिति थप विस्तार हुने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।
यो पार्टीमा निर्वाचन आयोगमा यस अगाडी दर्ता भइसकेका तीन वटा पार्टीहरु समाजवादी केन्द्र, आधुनिक नेपाल समाजवादी पार्टी र नेकपवा राष्ट्रवादी पार्टी सम्मिलित हुनेछन् ।
त्यसैगरी आम नेपाली पार्टी र स्वतन्त्र बामपन्थी समुह पनि सहभागी हुने गरी पार्टीको घोषणा गर्न लागिएको पाण्डेले बताए । यसले केन्द्रीय समिति, सल्लाहकार समिति, सचिवालय र अन्य वामपन्थी पार्टीहरुसग वार्ता र सम्वादका लागि वार्ता समिति पनि आजै घोषणा गर्नेछ ।
बामदेवको पार्टीमा श्रीमती, छोरा र स्वकिय सचिव सम्म सवै रहनेछन् । वामदेवको नयाँ दल नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम नै रहने भएका छन् भने पदाधिकारीमा डिबी कार्की सचिव रहनेछन् ।