Latest News

एमालेका १० भाइमाथि माधव नेपालको आक्रोश, दिए यस्तो चेतावनी

Nepalese Times June 25, 2022 (2 Year ago)    543 Views

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन समयमा नेकपा एमालेमा विद्रोह गर्दा साथमा रहेका १० भाइ नेतामाथि आक्रोश व्यक्त गरेका छन्।

काठमाडौँको नयाँ बानेश्वरस्थित कार्की ब्याङ्क्वेटमा जारी केन्द्रीय कमिटी बैठकमा उनले विद्रोह गर्दा साथैमा रहेका १० भाइ नेतामाथि आक्रोश व्यक्त गरेका हुन्।

अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दा एमालेमै फर्किएका ती १० भाइ नेताहरुको मागजबाट अझै पनि नसा नउत्रिएको पनि टिप्पणी गरे। ‘हाम्रो विद्रोह जायज थियो। कथित १० भाइको मगजबाट अझै नसा उत्रिएको छैन,’ उनले भने।

अध्यक्ष नेपालले एमालेका १० भाइ नेताहरुलाई आफूमाथि धारेहात लगाउने धृष्टता नगर्न पनि चेतावनी दिए। ‘अझै हामीमाथि धारेहात लगाउने दुस्साहस गरिरहेका छ्न्। त्यो धृष्टता अब फेरि नगरुन्,’ उनले भने।

यस्तै नेपालले पाँच दलीय गठबन्धनको अझै पनि आवश्यकता रहेको बताएका छन्। गठबन्धन प्रति पार्टीका गुनासा भए पनि आवश्यकता रहेको बताए। ‘गठबन्धनप्रति हाम्रो धेरै गुनासा भए पनि गठबन्धनको अझै पनि आवश्यकता छ,’ उनले भने।

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनले उचित स्थान नदिएको गुनासो गरे। ‘हामीले संघीयता र समावेशी राजनीतिक प्रणालीको रक्षा गर्यौँ। फलस्वरूप हाम्रा सबै कदम सफल हुँदै गएका छन्,’ उनले भने, ‘त्यसकै प्रतिफलका लागि हामी स्थानीय चुनावमा होमियौँ। तर, सबैतिर गठबन्धनमा हामीलाई उचित स्थान दिइएन।’

स्थानीय तह निर्वाचनमा पार्टीले पाएको मत हेर्दा आत्तिनु पर्ने अवस्था नरहेको नेपालको भनाइ थियो। ‘२७ प्रतिशत उम्मेदवारी दिँदा पनि ९ लाख मत पाएका थियौँ,’ उनले भने, ‘शतप्रतिशत उम्मेदवारी दिँदा २० लाख मत आउँथ्यो। त्यसकारण आत्तिनुपर्ने कुनै कारण छैन।’

प्रतिक्रिया दिनुहोस