Latest News

प्रचण्डको यस्तो घोषणाले प्रधानमन्त्री देउवा तनावमा, प्रधानमन्त्री पद हत्याउन यसरी रचिँदै छ चाल !

Nepalese Times June 24, 2022 (2 Year ago)    549 Views

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एक पटक प्रधानमन्त्री बन्नेहुने चाहना व्यक्त गरेका छन् ।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले आफू फेरि एक पटक प्रधानमन्त्री बन्न चाहेको बताएका हुन् ।

देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए ।

अर्को पटक देशको नेतृत्व गर्ने अवसर पाउने हो भने सम्पूर्ण रुपमा देशमा देखा परेका यी तमाम विकृतिहरुमाथि प्रहार गर्दै एउटा नयाँ युगतिर देश लैजानुपर्छ भन्ने सपना आफ्नो रहेको उनले बताए ।

उनले भने, ‘किनकी मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ । यो परिवर्तन ल्याउनका निम्ति ।’ अध्यक्ष दाहालले पहिलो पटक प्रधानमन्त्री सपना हो कि विपना हो भन्दाभन्दै गएको र आफ्नो दोस्रो प्रधानमन्त्रीको कार्यकाल भने गर्व गर्न लायक रहेको दावी समेत गरे ।

उनले भने, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा त मलाई झिलिमिली झिलीमिलीमै गयो । यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिला बित्यो । एउटा नयाँ परिस्थिति बन्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा मैले साँच्चनै धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । मलाई त्यसमा गर्व छ ।’

माओवादी केन्द्रले यस्तो घोषणा गरेसँगै प्रधानमन्त्री शेरबहादुर देउवा भने तनावमा परेका छन् । यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्माको कार्यकालमा ओलीले प्रतिनिधिसभा विईटन गरेपछि प्रचण्डहरुकै कारण देउवा प्रधानमन्त्री बनेका थिए ।

‍‍‍===

प्रतिक्रिया दिनुहोस