Latest News

एकीकृत समाजवादीका १० भाईले विद्रोह गरेपछि योगेश भट्टराईले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 24, 2022 (2 Year ago)    601 Views

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाललाई पार्टी विभाजन नगरौँ भनेर आफूले गरेको अनुनयविनयलाई अस्वीकार गर्दा अहिले संकटमा फसेको बताएका छन्।

एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष नेपालको निर्णयलाई चुनौती दिँदै संसदीय दल बैठक नै बोलाउन माग गरेपछि भट्टराईले आफ्नो धारणा ल्याएका हुन्।

तत्कालीन नेकपा विभाजनअघि र एमाले ब्यूँतिएपछि पनि नेपालको साथमा रहेका भट्टराईले एकीकृत समाजवादीको अहिलेको अवस्था देख्दा विभाजनको औचित्य पुष्टि गर्न नसकेको बताएका छन्।

‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा ऊबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनयविनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क पुष्टि हुँदैछ’, उनले भनेका छन्, ‘नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि नमानेपछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर उहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ।’

उनले माधव नेपाललाई प्रयोग गरेर कम्युनिष्ट आन्दोलन तहसनहस पार्न खोजिएको पनि बताएका छन्।

‘हेर्दै जाऊँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानुहुनेछ’, उनले भनेका छन्, ‘आत्माबोध र पश्चातप : सिर्फ कहिले?

प्रतिक्रिया दिनुहोस