Latest News

मुखमा बाँधेको पट्टी सम्झिँदै आफ्नै पार्टीका बहालवाला मन्त्रीलाई सुदेश पराजुलीले दिए कडा जवाफ

Nepalese Times June 24, 2022 (2 Year ago)    557 Views

काठमाडौं । बहालवाला मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णयले नेकपा एकीकृत समाजवादीमा तरंग पैदा भएको छ ।

पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कुनै पनि हालतमा आफूहरु मन्त्री पदबाट नहट्ने अडान राखेपछि अध्यक्ष माधव कुमार नेपाल तनावमा परेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अध्यक्ष नेपालको प्रस्ताव स्वीकृत गरेर सपथ ग्रहण नगराउँदा एकीकृत समाजवादीको विवाद छताछुल्ल भएको छ ।

बहालवाला मन्त्रीले राजीनामा दिन नमानेपछि नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले फनि मुख खोलेका छन् । उनले पार्टीको निर्णय सबैले मान्नुपर्ने र अहिलेका मन्त्रीहरुले राजीनामा दिएर पार्टीलाई सहयोग गर्नुपर्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले भनेका छन्, ‘म नै राज्य हुँ भन्ने भनाई ईतिहासमा फ्रान्सिली राजा ‘लुई चौधौ’ को सुनिथ्यो । तर आजभोलि ‘म नै मन्त्री ,मन्त्री नै म, भन्ने भनाई पनि सुनिन थालियो ।’

‘म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन । मेरो अन्तिम ध्येय मन्त्री नै हो ।मन्त्री बनेपछि र भएपछि गर्ने भनेको माफिया दलालको सेटिङ्मा काम गर्ने कमाउने बाहेक अरु नसोच्ने यस्तो उद्वेश्य केवल मेरा लागि भन्ने भावना भएकाहरुबाट क्रान्ति समाजवाद भन्ने त कल्पना मात्र हो ’

उनले भनेका छन्, ‘हिजो मुखमा लगाएको टेप खोलि खोलि स्टन्ड मारि मारि गरेको भाषण त केवल ख्रोको आर्दशबाहेक के हुन सक्छ त कमरेड ? मन्त्री बाहेक पनि जिवन जगत छ भन्ने बुझ्ने हो कि ?’

यस्तै उनले एकथान मन्त्री त हिजो बोकेको मूल्य र मान्यता रहे र बाँचेमा धेरैपटक पाउने भन्दै त्यसभन्दा माथि प्रधानमन्त्री बन्ने अवसरसमेत आउन सक्ने भनेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘एकथान मन्त्री त तपाईले हिजो बोकेको मुल्य मान्यता रहे बाचेमा कति हो कति ,धेरै पटक मन्त्री ,त्यो भन्दा माथी प्रधानमन्त्री बन्ने अवसर नै आउछ । तर तपाईले बोकेको मुल्य मान्यता सिद्वान्त मरेमा वा सकिएमा ईतिहासमा गोरे बहादुर खपाङि , बद्री मन्डल , टंक ढकाल पनि मन्त्री नै थिए हेक्का होला नि ?’

प्रतिक्रिया दिनुहोस