काठमाडौं । स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)का बारेमा उत्तरी छिमेकी चीन फेरी बोलेको छ । चीन सरकारले एसपीपीमा सहभागी नहुने मन्त्रिपरिषदको पछिल्लो निर्णयको प्रशंसा भएको भन्दै स्वागत गरेको छ ।
बिहीबार बेइजिङमा भएको नियमित पत्रकार ब्रिफिङमा चिनियाँ सरकारको विदेश मन्त्रालयका प्रवक्त वाङ वेनबिनले एसपीसी सम्झौतामा गर्ने नेपाल सरकारको निणर्यलाई चीन सरकारले स्वागत गरेको बताए ।
नियमति पत्रकार सवालजवाफका क्रममा चाइना डेलीका पत्रकारले प्रवक्ता वेनबिनलाई नेपालको हालै बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकासँगको एसपीपी अगाडि नबढाउने निर्णयमा सरकारको धारणा सोधेका थिए ।
यसमा विदेश मन्त्रालयका प्रवक्ताले, ‘हामीले नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई लिएर व्यापक विवाद भएको घटनामाथि नजर राखेको’ बताए । प्रवक्ता बेनबिनले ‘एसपीपीलाई नेपालका विभिन्न राजनीतिक दल र गुट, नेपाल सरकार, नेपाली सेना र नेपाली समाजका विभिन्न तप्काले एसपीपीलाई इन्डो–प्यासिफिक रणनीतिसँग घनिष्ट रूपमा जोडिएको सैन्य र सुरक्षा पहलका रूपमा बुझे । एसपीपीका केही बुदा नेपालको राष्ट्रिय हित तथा लामो समयदेखि देशले अंगिकार गरिरहेको असलग्न , सन्तुलित परराष्ट्र नीतिविरुद्ध हुने देखे । यसैले नेपालको मन्त्रिपरिषद् बैठकले एसपीपीमा अगाडि नबढ्ने निर्णय गरेको ’ कुरालाई नोट गरेको पनि बताए ।
यी सबैलाई ध्यान दिएर नेपालको मित्रवत र नजिकको छिमेकी तथा रणनीतिक सहयोगी साझेदार भएकाले चीनले नेपाल सरकारको निर्णयको प्रशंसा गर्ने वेनबिनले स्पष्ट पारे ।
अन्तिममा प्रवक्ता वेनबिनले नेपाल चीनको मित्रताको प्रगाढता दर्साउँदै भने –‘चीननले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डतालाई कायम राख्न सहयोग गरिरहन । र साथमा नेपालको स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिप्रतिको प्रतिबद्धतालाई समर्थन गर्छौं । चीन क्षेत्रीय सुरक्षा, स्थायित्व र साझा समृद्धिको रक्षाका लागि नेपालसँग सहकार्य गर्न तयार छ ।’
यो विषयले अमेरिकालाई झट्का लागेको छ । उसले चीनको उक्साहटमा सम्झौता हुन नपाएको भन्दै रुष्ट बनेको छ ।