Latest News

१० करोडको डिलमा मुछिएका न्यायाधीश कोइरालाले मुख खोले, दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 22, 2022 (2 Year ago)    560 Views

काठमाडौं । १० करोडको डिलमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको प्रतिक्रिया दिएका छन् ।

सहकारीका बचतकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा जेलमा रहेका व्यवसायी इच्छाराज तामाङको मुद्धामा आर्थिक डिल गरेको आरोप लागेका उनले यस्तो बताएका हुन् ।

नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष कानुन व्यवसायी रुद्र प्रसाद कोइरालासँगको टेलिफोन कुराकानीमा व्यवसायी तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा १० करोड रुपैयाँको डिल गरेको विषय बाहिरिएको छ ।

त्यसलगत्तै कोइरालले आफूबाट कुनै अनुचित कार्य नभएको दाबी गरेका हुन्। विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको भन्दै कोइरालाले आफूमाथि न्याय परिषद्‌बाट छानबिन भए पूर्ण सहयोग गर्ने बताएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु। ममाथि न्याय परिषद्‌बाट छानबिन होस्, सहयोग गर्ने पूर्ण प्रतिबद्धता वयक्त गर्दछु ।’

सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वचतकर्ताको निक्षेप बचत रकम हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ सहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको हो।

न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच भएको टेलिफोन कुराकानीको अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।

कोइरालाले त्यस्तो आदेश जारी गर्दा आफू बर्बाद हुने चिन्ता व्यक्त गरिरहँदा कानुन व्यवसायी पोखरेलले माथि ९प्रधानन्यायाधीश राणा०बाटै मिलाउन सकिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस