काठमाडौं । प्रविधि अभियान्ता महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नयाँ योजना सार्वजनिक गरेको छ । केन्द्रले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई सफल बनाउन नयाँ योजना ल्याएको हो ।
निर्वाचन अघि देखिनै महावीर पुनसँग सम्पर्क र सल्लाहमा रहेका बालेनले महानगरका विग्रेका सवारी मर्तत गरिदिने प्रस्तावमा हस्ताक्षर गरेर सहयोग गरेका छन् ।
महानगरपालिकामा हुने अनियमितता र भ्रष्टाचारको जालो मध्ये एक रहेको सवारीसाधन बनाउँदा कर्मचारीले तेल चोर्ने र सवारीधानको पाटपुर्जा हराउने गरेको भन्दै त्यसको अन्त्यका लागि बालेनले यस्तो निर्णय गरेका हुन् ।
अब काठमाडौँ महानगरपालिकाको बिग्रिएका सवारी साधनहरु महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने भएको छ । यसको सम्पुर्ण जिम्मा केन्द्रलाई दिन बालेन तयार भएका छन् । यसमा पुनले पनि सहमती जनाएका छन् । मेयर शाह आफैँले यो कुराको खुलासा गरेका छन् ।
कर्मचारीतन्त्रको कुरामा हामीले विभिन्न कदमहरू चालिसकेका छौं। जस्तै, हरेक कर्मचारीको रूममा सिसिटिभी राखेका छौं। गाडीहरू मर्मतकै लागि पनि कर्मचारीले मर्मत गर्न नपाउने, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले नै गर्छ,’ ब्रुमर संचालन कार्यक्रममा उनले भने, ‘किनभने मर्मत गर्दा तेल, सामान चोरी हुने गरेको देखियो।’बालेनले भनेका छन् ।
उनले थपे, ‘ब्रुमर बिग्रियो भन्नुभयो। तर ब्रुमरको सानो एउटा पाइपमात्रै बिग्रिएको रहेछ। आजदेखि चलिसक्यो। रेडी भइसक्यो । रकेट साइन्स केही पनि थिएन।’
बुधबारदेखि काठमाडौंमा पाँच वटा ब्रुमरले सफा गर्न थालेको हो। भोलिदेखि थप चार वटा गरी नौ वटाले सफा गर्न थालिने उनले बताए।साथै बालेनले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्। बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्।
‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ। करोडौं लाग्दैन दुई–तीन लाख खर्चेर विद्युत उत्पादन गर्न सकिन्छ,’ उनले भने।
काठमाडौं महानगरपालिकाले बुधबार बिहानदेखि ब्रुमरले बाटो सफा गर्ने काम सुरू गरेको छ। ब्रुमरको सानो पाइपमात्रै बिग्रिए पनि थन्काएर राखेको भन्दै मर्मत गरी चलाउने थालिएको उनले बताए।