Latest News

काँग्रेस–एमालेको घोषणापत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने बालेनको तयारी

Nepalese Times June 19, 2022 (2 Year ago)    598 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको घोषणा पत्रलाई पनि नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेका छन् ।

काठमाडौं महानगरपालिकाले आज दिउँसो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

स्वतन्त्रबाट विजयी भएका प्रमुख बालेनले सबै पार्टीका अवधारणाहरुलाई महानगरको विकासका लागि सहयोगी तत्व स्वरुप उक्त कार्य अघि बढाउन लागेका हुन् ।

आज दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिने महानगरपालिका स्रोतले जनाएको छ । महानगरको सबैभन्दा धेरै वडामा काँग्रेसको नेतृत्व छ ।

त्यस्तै एमाले र नेकपा एकीकृत समाजवादीको पनि वडामा नेतृत्व रहेकाले उनीहरुको धोषणा पत्रलाई पनि प्रमुख शाहले नीति तथा कार्यक्रममा समावेश गर्न लागेका हुन् ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्नुअघि कार्यपालिका बैठक बस्ने तयारी भइरहेको छ ।

यसघि नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्नका लागि तीन सदस्यीय समिति बनाइएको थियो । काठमाडौं महानगरले यही असार १० गते बजेट ल्याउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस