Latest News

प्रधानमन्त्री देउवा र स्वतन्त्रबाट मेयर बनेका हमालबीच भेटवार्ता, के- के भयो कुराकानी ?

Nepalese Times June 17, 2022 (2 Year ago)    538 Views

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भेटेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर धनगढी पुगेका प्रधानमन्त्री देउवालाई मेयर हमालले भेटेका हुन्।

भेटमा मेयर हमालले प्रधानमन्त्री देउवालाई धनगढीका विभिन्न समस्याको समाधानका लागि लिखित रुपमै माग गरेका छन्।

‘धनगढी डुबानको समस्या समाधानका लागि संघीय सरकारबाट बजेट विनियोजन गरिदिन माग गरेको छु,’ मेयर हमालले भने, ‘धनगढीको मुख्य सडकअन्तर्गत कैलाली पुलदेखि क्याम्पस चोकसम्म सडक निर्माणका लागि पनि बजेट माग गरेको छु।’

भेटमा प्रधानमन्त्री देउवाले धनगढीका मेयर हमालले राखेका माग सम्बोधनका लागि संघीय सरकार पूर्णरुपमा सहयोग गर्ने बताएका छन्।

शुक्रबार सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब तीन सयभन्दा बढी विद्यार्थी दीक्षित भएको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ।

दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा, शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतको सहभागि रहेका थिए।

प्रधानमन्त्री देउवाले शनिबार बिहान धनगढी उपमहानगरपालिका प्राङ्गणमा बनेको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस