Latest News

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेले बिना शर्त समर्थन गर्ने, यसो भन्छन् प्रमुख सचेतक भट्टराई

Nepalese Times June 14, 2022 (2 Year ago)    824 Views

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएको बताएका छन् ।

उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको भन्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले सरकार बनाउन प्रयास गरेमा बिना शर्त समर्थन गनेए र बाहिर बसेर सहयोग गर्ने बताए ।

एक टेलिभिजन कार्यक्रममा उनले एमाले बाहिर बसेर सरकार बनाउन सहयोग गर्न सकने बताए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए सरकार बनाउनको लागि बाहिर बसेर भएपनि समर्थन गरिदिने उनले बताए ।

उनले भने,‘हामी एकदम बिना शर्त सहयोग गर्छौं । उहाँहरुले चुनावी सरकार बनाए हामी समर्थन गरिदिन्छौं । तर, हामीलाई सरकारमा जान कुनै रुचि छैन् । हतारो छैन् ।’

उनले अहिलेको सरकारले राष्ट्रिय उद्योग समाप्त पारेको आरोप लगाए । उनले सरकारले खोपसमेत गायब बनाएको र आफूहरुले हिसाब मागेको सुनाए ।

उनले आफूहरुले आगामी संसद्को निर्वाचनमा एक्लै जाने भनेर कसम नखाएको टिप्पणी गरे । उनले आफूहरुको सबैलाई भेला पारेर जाने भनेर पनि कुनै तयारी नगरेको सुनाए ।

उनले मुलुकको निर्वाचन प्रणालीले एक्लैले बहुमत ल्याउन मुश्किल भएकोले मिल्नसक्नेसँग आवश्यकत्ताअनुसार तालमेल गरेर पनि जान सकिने सुनाए ।

प्रतिक्रिया दिनुहोस