Latest News

एक्लिदै कमल थापा यी दुई विश्वास पात्र राप्रपामै फर्किए

Nepalese Times June 13, 2022 (2 Year ago)    787 Views

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाका विश्वास पात्र चन्द्र बहादुर गुरुङ र उद्धव पौडेल राप्रपामा फर्किएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार गुरुङ र पौडेललाई पार्टीमा स्वागत गरेका हुन् ।

थापाले राप्रपा नेपाल गठन गरेपछि उपाध्यक्ष बनेका उद्धव पौडेल र कोषाध्यक्ष बनेका चन्द्रबहादुर गुरुङ पुनः राप्रपामै फर्किएका हुन् । दुबै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरे ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएपछि पौडेल र गुरुङले पनि राप्रपा छाडेर थापालाई साथ दिएका थिए । सोमबार राप्रपाका फर्किएका उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नखुलेको राप्रपाका एक नेताले बताए । उनीहरु कमल थापाका विश्वास पात्र भएपनि साथ छाडेका हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले थप ४ वटा विभागमा नेतृत्व मनोनित गरेका छन् ।पार्टीको विधान बमोजिम उनले स्थानीय तह परिचालन विभागमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनित गरेका छन् ।

यस्तै उनले महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाहीलाई मनोनित गरेका छन् । यस्तै प्रमुख केन्द्रीय सदस्य डा राजेश गिरी शिक्षा विभागमा र ज्वाला संग्रौला सामाजिक विभाग प्रमुखमा मनोनित भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

यसैगरी पार्टीको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाको संयोकत्वमा गठित विवाद समाधान तथा छानविन समितिलाई पूर्णता दिइएको छ ।

समितिमा महामन्त्री प्रल्हाद प्रसाद शाह सदस्य सचिव र ऋषि वावु परियार, केन्द्रीय सदस्य सरस्वती के।सी अधिकारी र वरिष्ठ अधिवक्ता राजु वस्नेत सदस्य रहेका छन् ।

यसअघि अध्यक्ष लिङदेनले राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित गरेका थिए महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले नजिकिँदो प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर कार्यक्रम गरिरहेको छ । राजेन्द्र नेतृत्वको नयाँ नेतृत्वको विरासत फर्काउने आशा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस