Latest News

काठमाडौँ महानगरको बजेट कहिले ? बालेनले तोके मिति

Nepalese Times June 13, 2022 (2 Year ago)    564 Views

काठमाडौं । काठमाडौँ महानगरपालिकाको नगर सभाको ११ औं अधिवेशन आगामी असार ५ गते हुने भएको छ। आइतबार महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अधिवेशनको मिति तोकेको हो।

नगरसभाको बैठक आव्हान, राजस्व परामर्श समिति गठन, कार्यपालिकाअन्तर्गतका विषयगत समिति गठन र विविध गरी ४ वटा प्रस्ताव पेश भएका थिए।

यी प्रस्तावहरुमा छलफल गर्दै बैठकले उपप्रमुख सुनिता डंगोलको अध्यक्षता स्थानीय राजस्व परामर्श समिति गठन गरिएको छ।

समितिको सदस्यहरुमा महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, वडा १४ का अध्यक्ष सुमन श्रेष्ठ, कार्यपालिका सदस्य मीना सिंह चयन भएका छन्।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ मा स्थानीय तहका उपप्रमुखको अध्यक्षतामा स्थानीय राजस्व परामर्श समिति गठन हुने व्यवस्था छ।

बैठकमा प्रमुख शाहले पेश गरेको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकहरुको नाम अनुमोदन भएको छ।

बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदाय स्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस