Latest News

अमेरिकी वरिष्ठ सैन्य अधिकारी फ्लिनले भेटे प्रधानमन्त्री देउवालाई, के- के भयो कुराकानी ?

Nepalese Times June 10, 2022 (2 Year ago)    616 Views

काटमाडौं । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेटवार्ता गरेका छन्।

भेटवार्तामा नेपाल–अमेरिका सुरक्षा सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको हो। भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फ्लायनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

प्रधानमन्त्री देउवालाई भेटेलगत्तै फ्लिन राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

बिहीबार चार दिने नेपाल भ्रमणमा आएका अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिनलाई सैनिक मुख्यालयमा गार्डअफ अनर प्रदान गरिने छ।

गार्डअफ अनरपछि प्रधानसेनापतिको कार्यालय जानेछन्। त्यहाँ नेपाली सेनाको अप्रेसन गतिविधिबारे ब्रिफिङ गरिनेछ। त्यसलगत्तै प्रधानसेनापति प्रभुराम शर्मा र फ्लिनबीच भेटवार्ता हुनेछ। शुक्रबार बेलुका नै प्रधानसेनापति शर्माले रात्रिभोजको आयोजना गर्नेछन्।

 

प्रतिक्रिया दिनुहोस