काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) कपिलबस्तुको प्रमुखमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
निर्वाचनमा प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोला प्रथाबाट नेकपा एमालेका बाबुराम आचार्य निर्वाचित भएका छन् ।
यसअघि भएको मतदानमा दुबै उम्मेदवारले १०–१० मत प्राप्त गरे गोला प्रथाबाट नेतृत्व चयन गरिएको हो ।
उप प्रमुखमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख र ७ जना सदस्यको गोला तानेर परिणाम आएको हो ।
जसअनुसार कांग्रेस माओवादी र जसपा गठबन्धनका सुनिता चमार, राजेन्द्रं प्रसाद कुर्मी , मनोब्ब्र धुनिया, रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।
कांग्रेस कि सुनिता चमार माओबादी केन्द्रका राजेन्द्र प्रसाद कुर्मी कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका हुन् ।
यस्तैगरी सदस्यमा गोलाबाट एमालेकी सकुन्तला भन्डारी, सुमित्रा दमै र जसपाकी शन्ध्या पौडेल खाँ निर्वाचित भएका छन् । १०–१० मत आएर दुबैको परिणम समान भएको हो ।
जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी नेपाल र नेकपा माओवादी केन्द्रलाई साथमा लिएको थियो ।
एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी लोसपा बीच चुनावी तालमेल गरेको थियो ।