Latest News

यी ११ नेता–कार्यकर्तालाई कांग्रेसले गर्यो निष्कासित, यस्तो छ कारण

Nepalese Times June 9, 2022 (2 Year ago)    625 Views

काठमाडौं । नेपाली कांग्रेस संखुवासभाले ११ जना नेता कार्यकर्तालाई निष्कासित गरेको छ ।

गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा पार्टीको निर्णय विपरीत काम गरेको भन्दै ११ जनालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली काँग्रेस संखुवासभाका प्रवक्ता दीपेन्द्र बान्तवाले बताएका छन् ।

निर्वाचनका क्रममा पार्टी हित विपरीत गतिविधि गर्ने, असहयोग गर्नेलाई पार्टी पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको उनले बताएका छन् । स्थानीय तहको निर्वाचनमा अनुशासन उलङ्घन गर्दै पार्टीलाई नोक्सान पुग्ने गतिविधि गरेको आधारमा कारबाही गरिएको प्रवक्ता बान्तवाले बताए ।

कांग्रेसले मादी नगरसभापति यादवचन्द्र खड्का,धर्मदेवी नगरपालिकाका गोविन्द थापा, राजु घिमिरे, डम्मर कुमार पौडेल, पाँचखपनका सन्तोष बस्नेत, पूर्णबहादुर थापा र कुमार राईलाई कारबाही गरेको हो ।

यस्तै मकालु गाउँपालिकाका बालकुमार राई, दीपेश गुरुङ र रिन्जे शेर्पालाई साधारण सदस्य नरहने गरी निष्कासन गरेको नेपाली कांग्रेस संखुवासभाले जनाएको छ ।

यस्तै नेपाली कांग्रेस दैलेखले जिल्ला समन्वय समिति चुनावमा एमालेसँग साँठगाँठ गरेको आरोपमा उपसभापति नमरा शाहीलाई कारबाही गरेको छ । पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको भन्दै नेपाली कांग्रेस दैलेखले उपसभापति शाहीलाई कारबाही गरेको हो ।

जिल्ला सभापति मणिराम रेग्मीले विज्ञप्ति निकालेर उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी गराएका हुन्।प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका शाहीले भने कांग्रेस जोगाउनका लागि आफूले स्वतन्त्र उम्मेदवारी दिएको प्रतिक्रिया दिएका छन् ।

दैलेखमा जिल्ला समन्वय बागी दिएका जिल्ला उपसभापति समेत रहेका उनी नेकपा एमालेको सहयोगमा विजयी भएका छन् । एमालेसँग १० मत मात्रै भए पनि शाही १३ मत ल्याएर विजयी भएका हुन् ।

२०५८ साल देखि २०६१ सालसम्म माओवादी ज्यादतीका कारण घरबार छोडेर बाहिर बस्न बाध्य भएका काँग्रेस जिल्ला उपसभापति शाही इमान्दार नेताको रुपमा चिनिदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस