Latest News

कमल थापाले राजतन्त्रको एजेन्डा त्यागे एकता हुने भनेपछि राप्रपा प्रवक्ता श्रेष्ठले सोधे कडा प्रश्न

Nepalese Times June 9, 2022 (2 Year ago)    538 Views

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा पराजय बेहोरेपछि नयाँ पार्टी खोलेका कमल थापा अहिले फेरि राप्रपासँग एकताको कुरा गर्न थालेका छन् ।

पार्टीको लुम्बिनी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा थापाले राजतन्त्रको एजेण्डा छाड्ने शर्तमा आफ्नो पुरानो पार्टी राप्रपासँग एकता हुनसक्ने सार्वजनिक कार्यक्रममा भन्न थालेका छन् ।

पार्टीको लुम्बिनी प्रदेशद्वारा आयोजित पत्रकार सम्मेलनमा थापाले फेरि भनेका छन्, ‘असम्भव एजेण्डा बोकेर जाँदा हिन्दू राष्ट्रलगायतका एजेण्डा ओझेलमा परेका हुन्, भारी मनले राजतन्त्रको एजेण्डालाई परित्याग गरेर लोकतन्त्र, राष्ट्रियता र हिन्दूराष्ट्रलाई मुख्य एजेण्डा बनाएका हौं’, थापाले भने ।

यसको जवाफमा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष थापालाई कडा प्रश्न सोधेका छन् ।

उनले भनेका छन्, ‘कमल थापाज्युलाई शालिनतापूर्वक एउटा प्रश्न सोध्न चाहन्छु– एमालेले के त्यागेमा एमालेसँग, माओवादीले के त्यागे माओवादीसँग र कांग्रेसले के त्यागे कांग्रेससँग एकता गर्नुहुन्छ ?”

लिङ्देन नेतृत्वको राप्रपाले राजतन्त्र र हिन्दू राष्ट्रको पुनःस्थापनालाई आफ्नो मुख्य एजेन्डा बनाएको छ भने थापा नेतृत्वको राप्रपा नेपालले हिन्दू राष्ट्रको पुनःस्थापनामा जोड दिए पनि राजतन्त्रको पुनःस्थापनाको एजेन्डलाई परित्याग गरेको छ ।

बुटवलमा अध्यक्ष थापाले जनतालाई राजतन्त्र पुनःस्थापना हुन्छ भनेर अब भ्रममा पार्न नहुने भन्दै आफ्नो पार्टीले राजतन्त्रको एजेन्डासमेत छाडेको बताएका थिए । राजतन्त्रका लागि अब सती जान नसक्ने उनले बताएका थिए ।

राप्रपाका प्रवक्ता श्रेष्ठले राजतन्त्रको एजेन्डा त्याग गरिसकेका अध्यक्ष थापालाई प्रश्न गर्दै भनेका छन्, “पछिल्लो कार्यनीतिअनुसार वैचारिकरुपमा राप्रपासँग भन्दा तपाईंको निकटता कांग्रेस, एमाले र माओवादीसंग होइन र ?’

 

प्रतिक्रिया दिनुहोस