Latest News

ग्यालेक्सी टेलिभिजन छाडेर चुनाव लड्ने तयारीबारे रवि लामिछानेले दिए यस्तो प्रतिक्रिया

Nepalese Times June 9, 2022 (2 Year ago)    793 Views

काठमाडौं । प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भइसकेको छ । विशेषगरी काठमाडौं र अरु केही जिल्लामा राजनीतिक दलकासहित स्वतन्त्र व्यक्तिहरुले समेत उम्मेदवारी घोषणा गरिरहेका छन् ।

यसैक्रममा सञ्चारकर्मी रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको खबर सार्वजनिक भएको थियो । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्दै केही संचारमाध्यमले समाचार सार्वजनिक गरेका थिए ।

तर लामिछानेले भने आफू प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने या नदिने भन्नेबारे अहिले नै निष्कर्षमा नपुगेको प्रतिक्रिया दिएका छन् ।

विभिन्न पक्षबाट आफूलाई यस्तो आग्रह गरिएको भन्दै उनले केही दिनमा यसबारे टुंगो लगाउने र अहिले लड्छु वा लड्दिन भनेर निधो गरिनसकेको बताए ।

उनले भने, ‘प्रस्तावहरू त आइरहेका छन् । कतिपय ठूला पार्टीकै नेताहरूले पनि अनौपचारिकरूपमा कुरा गर्नुभएको छ । तर, मैले चाहिँ निर्णय लिइसकेको अवस्था होइन । अहिले छलफल गरिरहेको छु,’ उनले भने ।

संसदीय चुनावको मिति घोषणा भइनसक्दै काठमाडौंमा विवेकशीलका पूर्वनेता पुकार बम, विवेकशीलकै पूर्वनेतृ रञ्जु दर्शनालगायतले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

यस्तै पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईकी पुत्री मानुषी भट्टराई,सुमन सायमी लगायतले काठमाडौंमा स्वतन्त्र उम्मेवारी दिने बताएका छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका विद्याथीए नेता सुदेश पराजुली, नेपाली कांग्रेसका रञ्जित कर्णलगायतले काठमाडौंबाट उम्मेदवारी दिने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस