Latest News

कार्यकक्षमा प्रधानमन्त्री देउवाभन्दा माथि केपी ओलीको फोटो राख्ने यी मेयर को हुन् ?

Nepalese Times June 9, 2022 (2 Year ago)    862 Views

काठमार्डौं । सरकारी कार्यालयमा कार्यालय प्रमुखको कक्षमा राज्यप्रमुख र सरकार प्रमुखको तस्वीर राख्ने चलन त नयाँ होइन । सबै सरकारी कार्यालयको प्रमुखको कार्यकक्षमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्ने गरिन्छ ।

अहिले स्थानीय तहका पदाधिकारीहरुले पनि यो चलनलाई निरन्तरता दिने गरेका छन् । तर कतिपय स्थानीय तहका प्रमुखहरु कार्यकक्षमा आफूलाई मन पर्ने अमुक पार्टीका नेताहरुको फोटो राख्दा भने समयसमयमा विवादमा आउने गरेका हुन्छन् ।

यसपालि कार्यकालको सुरुवातमै भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी पनि यही फोटोको विषयमा अहिले विवादमा आएका छन् । कुनैपनि व्यक्तिले राजनीतिक आस्था भए पनि अमुक पार्टीको प्रमुखको तस्वीर आफ्नो सरकारी कार्यकक्षमा राख्न कानुनी रुपमा मिल्दैन ।

तर तनहुँको भिमाद नगरपालिकाका प्रमुखले भने प्रधानमन्त्री शेरबहादुर देउवाको तस्वीरभन्दा माथि पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राखेको पाइएको छ ।

उनी नेकपा एमालेका केन्द्रस्तरीय नेता हुन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट टिकट पाएर मेयर पदमा विजयी भएका थिए । उनी ओली समूहका चल्तापूर्जा नेता हुन् । ओलीले छनोट गरेको केन्द्रीय सदस्यको १०९ जनाको सूचीमा उनी पनि तनहुँबाट छानिएका थिए ।

२०२६ सालमा गाउँफर्क मा।वि। फिर्दीमा स्व।वि।यु। सभापति भएका उनले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गरेका थिए । वि।सं। २०२६ सालमा ढोरफिर्दी सेल कमिटी सदस्य बनेपछि ढोर एरिया कमिटी सदस्य एवं राङरुङ सेल कमिटीको सचिव हुँदै उनी २०२९ सालमा तनहुँ जिल्ला कमिटीको सदस्य भएका थिए ।

तीन वर्षपछि गण्डकी अञ्चल कमिटीको सदस्य, तनहुँ जिल्ला कमिटीको सचिव, अञ्चल कमिटीको सदस्यहुँदै २०४५ सालमा वाममोर्चा तनहुँको अध्यक्ष भए ।

एमाले तनहुँको उपसचिव, अञ्चल कमिटी सदस्य, जेष्ठ कम्युनिष्ट मञ्चको केन्द्रीय सदस्यहुँदै २०७२ मा केन्द्रीय सल्लाहकार सदस्य भएका थिए । हाल उनी केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् ।

ओलीको प्रखर समर्थक उनले सरकारी कार्यालयमा नै केपी ओलीको फोटो राखेको भेटिएपछि विपक्षी दलहरुले भने उनको चर्को आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस