Latest News

केन्द्रीय नेता नै एमाले प्रवेश, महत्वपूर्ण जिम्मेवारी दिएर महासचिव पोखरेलले गराए सपथ ग्रहण

Nepalese Times June 8, 2022 (2 Year ago)    812 Views

काठमाडौं । नेकपा मसाल बाग्लुङका नेता सञ्जाल शर्मा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनलाई नेकपा एमालेका महासचिव शंकर पोगरेलको उपस्थितिमा नेकपा एमाले प्रवेश गराइएको हो । नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको केन्द्रीय सदस्य सञ्जाल आज एमाले प्रवेश गरेका हुन् ।

नेकपा मसाल निकटका विभिन्न मोर्चामा रहेर काम गरिरहेका शर्मालाई एमालेको युवा तथा खेलकुद विभागको सदस्यको जिम्मा दिइएको छ ।विभागको केन्द्रीय बैठक चलिरहँदा एमाले महासचिव पोखरेलले शर्मासहित १९ जनालाई शपथ ग्रहण गराएका थिए ।

यस्तै जनता समाजवादी पार्टी (जसपा) कन वरिष्ठ नेता अशोक राई नेकपा एमाले प्रवेश गर्ने संकेत गरेका छन् । सार्वजनिक भएको एक अडियोमा उनले आफू एमालेमा प्रवेश गर्न तयार र रहेको र एमाले अध्यक्ष ओलीले भनेमा त्यो सम्भव रहेको बताए ।

आफ्ना पुर्व प्रवक्ता तथा हाल नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालसँग कुरा गर्दै वरिष्ठ नेता राईले आफुले एमाले पार्टी बनाएको र आफु एमालेमा फर्किन सम्भव भएको बताएका छन् ।

रिजालसँग भएको कुराकानीमा वरिष्ठ नेता राईले भनेका छन्” एमाले मैले बनाएको हो। आफुले एमाले नछोडेको तर साथीहरुलाई राम्रो घर बनाऊ भनेर परदेश हिडेको मात्रै बताएका छन् ।”

वरिष्ठ नेता अशोक राईले नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टी खोले र पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेका थिए ।

नेकपा एमालेमा रहँदा पार्टी उपाध्यक्ष समेत रहेका राईले सात बर्ष पहिले आफू भन्दा धेरै जुनियर नेता उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी समस्यामा परेका थिए । उनीसँगै एमालेबाट संघीय समाजवादी पार्टी हुँदै फोरममा पुगेका नेताहरु राईसँग असन्तुष्ट बनेर पहिल्यै नै एमालेमा फर्किसकेका छन्।

खोटाङको किसान परिवारमा जन्मेका राई पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टी सदस्यता लिएका थिए । तत्कालीन माले नेता मदन भण्डारीसँग उनले १० वर्ष एउटै कमिटीमा काम गरे ।

प्रतिक्रिया दिनुहोस