Latest News

गगन थापाले प्रधानमन्त्री देउवासँग राखे यस्तो माग, बालेनले के गर्लान् ?

Nepalese Times June 8, 2022 (2 Year ago)    866 Views

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पदभार ग्रहण गरेकै दिनदेखि सक्रिय छन् ।

उनी काठमाडौंको फोहोर व्यवस्थापनसकितका कामका लागि कहिले एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगे त कहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न पुगे ।

यस्तै उनले पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेका छन् । आफ्नो पहिलो प्राथमिकतामा काठमाडौंको फोहोर व्यवस्थापन रहेको र त्यसपछि अरु काम गर्दै जाने उनले भनेका छन् ।

यसैक्रममा नेपाली काँग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौंबासीले आग्रह गरेका छन् । उनले काठमाडौं उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

यस्तै नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् । काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।

आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै श्रेष्ठले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे ।

तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उनले भने, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’

अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।

प्रतिक्रिया दिनुहोस